प्रभु बैंकको एकसाथ ३ एक्स्टेन्सन काउण्टर संचालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2019 | 09:42:13 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले रौतहटको मौलापुर र गरुडा मालपोत कार्यालय तथा नवलपुरको कावासोती मालपोत कार्यालयमा एकैसाथ तीन वटा एक्स्टेन्सन काउण्टर  सञ्चालनमा ल्याएको छ। 

मौलापुर र गरुडा स्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको कोष तथा लेखा नियन्त्रण कार्यालयका कार्यालय प्रमुख भिमार्जुन ज्ञवाली र त्यसैगरी कावासोती स्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको सोही दिन जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय नवलपुरका कार्यालय प्रमुख मोहन शरण भण्डारी र कावासोती मालपोत कार्यालय प्रमुख नारायण गैरेले संयक्त रुपमा एक समारोहका विच उद्घाटन गरे।  

बैंकले हाल आफ्ना १९३ वटा शाखा कार्यालय, १५२ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गरिरहेको छ।।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved