बिजपाटी सम्बाददाता     Sep 02, 2019 | 09:52:57 PM


ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले हिन्दू महिलाहरुको चाड हरितालिका तीजलाई लक्षित गर्दै नारी बचत खातामा विशेष छुट योजना ल्याएको छ । नारी बचत खातामा पहिलो वर्ष मोवाइल बैंकिङ्ग र भाइबर बैंकिङ्ग सेवा निशुल्क रुपमा उपलब्ध हुने बैंकले जनाएको छ। 

त्यस्तै बैंकले इन्टरनेट बैंकिङ्ग, एबिबिएस, भिसा डेबिट तथा क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्कमा शतप्रतिशत छुट, एक वर्षसम्म ब्यालेन्स सर्टिफिकेट जारि गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिंदा लाग्ने शुल्कमा शतप्रतिशत छुटको व्यवस्था गरेको छ।

त्यस्तै यस योजना अन्तर्गत नारी बचत खाताभएका ग्राहकहरुले बैंकबाट कर्जा लिंदा लाग्ने कर्जा प्रवाह शुल्कमा शून्य दशमलब दुई पाँच प्रतिशत छुट दिने बैंकले जनाएको छ । 

बैंकले हालै आयोजित तीज विशेष कार्यक्रमा उक्त योजना घोषणा गरेको छ । यो योजना एक महिनाको लागि लागू रहने बैंकले जनाएको छ। हाल बैंकले आफ्ना १४२ शाखा, ३० वटा एक्टेन्सन तथा राजश्व संकलन काउण्टर, १८४ शाखा रहित बैंकिङ्ग सेवा, १४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । 




Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका