एटिएम ह्याकको प्रतिबेदन पेश, राष्ट्र बैंकलाई दर्जन सुझाब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 07:04:34 AM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ ह्याकरहरुले नेपाली बैंकबाट रकम चोरेको विषयमा छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ। यस प्रकरणमा छानविन गर्न राष्ट्र बैंकले गठन गरेको समितिले गभर्नर डा चिरन्जीवी नेपाललाई भदौ १८ गते बुधबार प्रतिवेदन बुझाएको हो। 

समितिले राष्ट्र बैंक समक्ष पेश गरेको प्रतिबेदनमा अहिले एटिएम बाट झिक्न मिल्ने रकमको सिमा घटाउने, सुरक्षाको लागि विमाको व्यवस्था गर्ने, हाल बैंक वित्तीय संस्थाले प्रयोग गर्दै आएको 'पाइलटरी सफ्टवेयर' परिवर्तन गरि आधिकारी सफ्टवेयर राख्ने, म्याग्नेटिकको साट्टो अब चिप मा आधारित कार्ड जारि गर्ने, तत्काल नेप्स अन्तर्गत सहित सबै सिस्टम सुचारु गर्ने लगायतका दर्जन सुझाबहरु उल्लेख गरिएका छन।

प्रतिवेदनमा कहाँ बाट कुन कुन बैंकको एटिएम कार्ड प्रयोग गरी कति कति रकम कसरी चोरी भयो भन्ने बिषय समेत उल्लेख गरिएको छ । साथै प्रतिवेदनमा यस अघि बाहिर आएका बाहेक अन्य विषय पनि रहेको तर प्रहरीले यस विषयमा अनुसन्धान जारि राखेकोले ति अहिले नै सार्वजनिक गर्न नमिल्ने समितिका एक सदस्यले बताए । उनले भने 'हाम्रो प्रारम्भिक अनुसन्धान सकिएर प्रतिवेदनलाई अन्तिम रुप दिएका छौ, तर यस विषयमा प्रहरीको अनुसन्धान जारि छ, अनुसन्धानलाई प्रभाव पार्न सक्ने भएकोले अरु विवरण अहिले सार्वजनिक गर्न मिल्दैन' ।  उनका अनुसार राष्ट्र बैंकले पछि प्रतिवेदन सार्वजनिक गर्ने छ ।   

पेश गरिएका सुझाबहरुको कार्यन्वयनका लागि राष्ट्र बैंकले तुरुन्तै सर्कुलर जारि गर्ने तयारीमा रहेको समितिका एक सदस्यले बिजपाटीलाई जानकारी दिएका छन।        

राष्ट्र बैंकले बैंकका भुक्तानी प्रणाली विभागका प्रमुख एवम् राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । समितिमा  नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का सीईओ, बैंकर्स संघका सूचना तथा प्रविधि सम्बन्धि विज्ञ र राष्ट्र बैंककै प्रविधि हेर्ने निर्देशक समितिको प्रतिनिधि समितिको सदस्य थिए । 

ह्याकरहरुको समुहले ३ करोड ४५ लाख भन्दा बढी चोरेका थिए। उनीहरुले ग्लोबल नेटवर्क 'भिसा' र नेपालको स्विच 'नेप्स' को बीचमा 'आर्टिफिसियल' सिस्टम प्रयोग गरेर तीनवटा एटिएम बुथबाट ६ बाणिज्य बैंकको कार्ड घोटेर पैसा झिकेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved