एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 04:42:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले एटिएमबाट निकाल्न मिल्ने रकमको सिमा घटाएको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बहादुर मिश्रले बिहिबार एक निर्देशन जारी गर्दै सिमा घटाएको जानकारी दिएका हुन् ।

अब एटिएमबाट एक पटकमा न्युनतम ५ सय र अधिकतम २० हजार रुपैयाँसम्म मात्र निक्लन पाइने छ । त्यस्तै एक दिनमा अधिकतम ६० हजार रुपैयाँसम्म मात्र निक्लन पाइने छ । यस अघि एक पटकमा २५ हजार रुपैयाँसम्म र एक दिनमा १ लाख सम्म निकाल्न सक्ने ब्यबस्था थियो ।

चिनियाँ ह्याकरले नक्कली कार्ड बनाई एटीएम मार्फत करोडौ रकम चोरेपछि राष्ट्र बैंकले एटिएमबाट निकाल्न मिल्ने रकमको सिमा घटाएको हो।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved