कार्ड घोटेर गरिने अर्थात प्वाइन्ट अफ सेल्स (पीओएस) मा गरिने भुक्तानीमा अब सेवा शुल्क तिर्न नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले पीओएसमा सेवा शुल्क वा अन्य कुनै अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले कुनै मर्चेन्टले कारोबार रकम बाहेक अतिरिक्त शुल्क लिएमा कारोबारको बिल र भुक्तानी रसिद सहित कार्ड जारी गर्ने संस्थामा सम्पर्क राख्न समेत आग्रह गरेको छ ।