एटिएम ह्याकिंङ: राष्ट्र बैंकले बोलायो २८ वटै बाणिज्य बैंकका सीइओ

विज्ञ टोलीको प्रतिवेदन आजै
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2019 | 03:36:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा भएको एटिएम ह्याकिंङको अध्ययन गर्न आएको विज्ञ टोली आज स्वदेश फर्किएको छ ।गत बुधबार राती सिंगापुरबाट आएको फरेन्सिक टोली आज आइतबार स्वदेश फर्किएको हो  

नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) को आग्रहमा उक्त टोली नेपाल आएको थियो। टोलीले प्रतिवेदन भने बुझाएको छैन । सिंगापुर फर्केर आवश्यक प्रक्रिया पुरा गरी टोलीले आज नै आफ्नो प्रारम्भिक प्रतिवेदन अनलाइन मार्फत नै बुझाउने राष्ट बैंकले स्रोतले जनाएको छ । टोलीले प्रारम्भिक प्रतिवेदन बुझाउने भएपछि नेपाल राष्ट बैंकले सोमबार २८ वटै बाणिज्य बैंकको सीइओ हरुसंग छलफल समेत गर्ने भएको छ  

राष्ट्र बैंकले पनि एटिएम ह्याकिंङको विषयमा छानविन गर्न समिति गठन गरेको थियो। राष्ट्र बैंकले बैंकका भुक्तानी प्रणाली विभागका प्रमुख एवम् राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । समितिमा  नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का सीईओ, बैंकर्स संघका सूचना तथा प्रविधि सम्बन्धि विज्ञ र राष्ट्र बैंककै प्रविधि हेर्ने निर्देशक समितिको प्रतिनिधि समितिको सदस्य थिए ।

यस समितिले भने राष्ट्र बैंकका गभर्नरलाई प्रतिवेदन बुझाई सकेको छ । उक्त प्रतिवेदनमा प्रतिवेदनमा भिजा इन्टरनेशनलसँग आबद्ध नेप्सका सदस्य बैंकहरुको नक्कली कार्ड प्रयोग गरी २०७६÷०५÷१४ गते शनिबार विहान ११ः०० बजे देखि साँझ ४ः३५ सम्ममा नेपालबाट ७ वटा बैंकका विभिन्न कार्डहरु प्रयोग गरी १७ वटा बैंकका विभिन्न स्थानका ६८ वटा एटिएम बाट रु. १,८९,४४,५००।–, भारतभित्रबाट ६ वटा नेपालका वाणिज्य बैंकहरुको विभिन्न कार्डहरु प्रयोग गरी भारतका विभिन्न स्थानका २४ बैंकका १३२ एटिएम बाट भा.रु. १,०५,८७,२००।– गरी कुल नेपाली रुपैयाँ ३,५८,८४,०२०।– बराबरको रकम झिकिएको पाइएको उल्लेख छ ।

सो समयमा भएका केहि कारोबार वास्तविक देखिएकोले चोरी भएको रकम घट्न सक्ने राष्ट्र बैंकले जनाएको छ । 

समितिले राष्ट्र बैंकलाई विभिन्न सुझव समेत दिएको छ  ।

एटिएम ह्याक प्रतिबेदन: यस्ता छन राष्ट्र बैंकलाई दिईएका १७ सुझाव

 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved