दशैंका लागि ४० अर्बको नयाँ नोट, कुन बैंकमा कहाँबाट कति पाइन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2019 | 10:37:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बिगतका बर्षमा झैं यस पटक पनि दशैंका लागि नयाँ नोट वितरण गर्ने योजना बनाएको छ। सरकारी तथा निजि बैंक वित्तीय संस्थाबाट सटही सुविधा हुनेगरि आगामी असोज १४ देखि नै नयाँ नोट वितरण गर्ने योजना रहेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले यसअघि काठमाण्डौ स्थित बैंकिंग कार्यालय तथा आफ्ना क्षेत्रीय कार्यालयबाट मात्रै  नयाँ नोट सटही गर्थ्यो। 

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ। राष्ट्र बैंकमै गएर साट्नेहरूले भने प्रति व्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट पाउने छन्। 

नेपाल बैंकको काठमाडौं बैङ्किङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुरबाट तथा राष्ट्र वाणिज्य बैङ्कको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि सटही सुविधा उपलब्ध हुनेछ। त्यस्तै कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था हुनेछ।

यसबर्ष करिब ४० अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटहीको सुविधा दिईने राष्ट्र बैंकले जनाएको छ। यस मध्ये निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई ११ करोड रुपैयाँसम्म उपलब्ध गराइने भएको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved