नेपालका १७ बैंकले पाए लुटिएको पैसा, भारतबाट भएको चोरीको अध्ययन अझै भएन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2019 | 02:21:28 PM मा प्रकाशित

laxmi  sunrise bank

गत १४ गते शनिबार 'फिल्म शैली' मा एटिएम बुथबाट पैसा लुटिएको घटनाले नेपालको बैंकिंग उद्योग त्रसित बन्न पुग्यो। तर घटना भएको करिब ९ दिन हुँदा समेत लुटिएको पैसा बारे पूर्ण अध्ययन हुन नसकेको तथ्य फेला परेको छ। 

चिनियाँ ह्याकरले ७ वटा बैंकका कार्ड घोटेर नेपालका १७ वटा बैंकका एटिएम बुथ मार्फत के कति पैसा लुटे भन्नेबारे प्रतिबेदन बाहिर आएपनि भारतबाट भएको चोरिको भने अध्ययन हुन सकेको छैन। नेपालका बैंक सहित ह्याकरले भारतका दुई दर्जन बैंकका विभिन्न एटीएम बुथ समेत प्रयोग गरि कुल ३ करोड ५८ लाख रुपैयाँ लुटेका थिए।     

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) मा आवद्ध रहेका बैंकको कार्ड प्रयोग गरेर नेप्समा अवद्ध नभएका नेपालका १७ वटा बैंक र भारतको २४ वटा बैंकको एटीएम बुथ प्रयोग गरी उक्त रकम चोरी भएको नेपाल प्रहरीको र नेपाल राष्ट्र बैंकको प्रारम्भीक अनुसन्धानले देखाएको छ । 

नेप्सले पनि उक्त प्रकरणमा सिंङगापुरबाट फरेन्सिक एक्सपर्ट बोलाएर अध्ययन गरेको थियो । उक्त टोलिले प्रारम्भिक रिपोर्ट बुझाइसकेको छ । उक्त समितिले र नेपाल प्रहरीले नेपालबाट भएको चोरिको अध्ययन गरेको भएपनि भारतबाट भएको चोरिको भने अनुसन्धान सुरु नभएको राष्ट्र बैंकले जनाएको छ। 

भारतमा प्रहरीले यस्तो विषयको अनुसन्धान नगर्ने र नेपाल प्रहरीले पनि विदेशी भुमिमा विदेशी नागरिकले गरेको अपराधको अनुसन्धान गर्न नमिल्ने महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले बिजपाटीलाई बताएका छन।

नेपाल राष्ट्र बैंकले भारतिय रिर्जर्भ बैंकमार्फत अनुसन्धान गर्नको लागि आग्रह गर्ने तयारी भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यद्यपी प्रक्रिया भने सुरु नभएको राष्ट्र बैंकले जनाएको छ । महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता बोगटी पनि नेपाल राष्ट्र बैंकले परराष्ट्र मन्त्रालयको समन्वयनमा भारतिय रिर्जर्भ बैंकलाई अनुरोध गरेर अनुसन्धान गर्न सकिने बताउँछन।

७ बैंकबाट १७ बैंकले पाए चोरिएको रकम

चिनीयाँ ह्याकरले चोरि गर्न प्रयोग गरेका एटीम बुथको बैंकले चोरिएको रकम पाएका छन् । एटीएम कार्ड प्रदायक भिसाले उक्त कारोबारको सेटल्मेन्ट गरेसँगै कार्ड प्रयोग भएको बैंकबाट रकम चोरि भएको बैंकमा रकम ट्रान्सफर भएको हो। 

भिसाले कार्ड प्रयोग भएको बैकबाट एटिएम बुथ प्रयोग भएको बैंकलाई रकम सेटलमेन्ट गरेको बताइएको छ । भिसाले कारोबार सेटलमेन्ट गर्दा एटीएम बुथ प्रयोग भएको सेञ्चुरी बैंक, नविल बैंक, नेपाल इनभेष्टमेन्ट बैंक , लक्ष्मी बैंक, मुक्तिनाथ विकास बैंक, नेपाल बैंक, स्टान्डर्ड चाटर्ड बैंक, हिमालयन बैंक, सानिमा बैंक, एनसीसी बैंक,  गरिमा विकास बैंक, कृषि विकास बैंक, मेगा बैंक, महालक्ष्मी विकास बैंक, एनएमबी बैंक, नेपाल एसविआइ बैंक र कुमारी बैंकले रकम प्राप्त गरेका छन। 

त्यस्तै कार्ड प्रयोग भएको सनराइज बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, जनता बैंक, सिटिजन्स बैंक, एनआइसी एशिया र प्रभु बैंकबाट  उक्त रकम सेटल्मेन्ट भएको जनाइएको छ। यद्यपी गरिमा विकास बैंकले भने उक्त समयमा आफ्नो बैंकबाट भएको वास्तविक कारोबारलाई पनि संकास्पद मानिएको तर कुनै चोरि नभएको जनाएको छ । 

नेपाल प्रहरीले बरामद गरेको रकम भने अदालति प्रक्रिायमा जाने र अदालतको आदेश अनुसार बैंकहरुलाई हस्तान्तरण हुने अथवा के हुने भन्ने बताउन सकिने महानगरिय प्रहरी परिसका प्रवक्ता बोगटी बताउँछन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved