लघुवित्तको सदस्य पनि शेयरधनी बन्न पाउन भएका छन । मन्त्रीपरिषद्ले स्वीकृत गरेर संसदमा पेश गर्ने तयारी भएको प्रस्तावित वाफियामा लघुवित्त कम्पनीहरुले साधारण शेयर (आइपीओ) निष्कासन गर्दा कुल निष्कासन गर्न लागेको शेयरबाट संस्थाको सदस्यको लागि निश्चि प्रतिशत शेयर छुट्याउन सक्ने ब्यवस्था गरेको छ ।
वाफियाको प्रस्तावित संशोधन विद्येयकले मुल ऐनको दफा ९ मा उपदफा ७ पछाडी उपदफा ८ थप्दै घ वर्षको वित्तीय संस्थाले साधारण शेयर निष्कासन गर्दा ५० प्रतिशत सम्म आफ्ना सदस्यहरुलाई सुरक्षीत राख्न सक्ने ब्यवस्था गरेको छ ।
हाल बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजीको न्युनतम ३० प्रतिशत साधारण शेयर निष्कासन गर्न अनिवार्य गरिएको छ । प्रस्तावित विद्येयक पारित भएमा लघुवित्त कम्पनीहरुले सदस्यहरुलाई पनि शेयर बिक्रि गर्न सक्नेछ ।