बैंक संचालकको शैक्षिक योग्यता र अनुभवमा कडाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2019 | 03:37:43 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकको संचालक हुन शैक्षिक योग्तामा र अनुभवमा थप कडाई हुने भएको छ । मन्त्रीपरिषद्ले स्वीकृत गरेर संसदमा पेश गर्ने तयारी भएको वाफियाको संशोधन विधेयकमा बैंकको संचालक हुनको लागि कम्तीमा स्नातकोपाधि र ५ वर्षको अनुभव अथवा स्नातकोतरपाधी र ३ वर्षको कार्य अनुभव हुनुपर्ने ब्यवस्था रहेको छ । 

प्रस्तावित विधेयकमा मुल ऐनको दफा १६ को उपदफा १ को 'क' र 'ख' लाई संशोधन गर्दै बैंकको संचालक हुनको लागि कम्तीमा स्नातकोपाधि साथै बैंक तथा वित्तीय संस्था, सांगठनीक संस्था र सरकारको अधिकृत स्तरमा ५ वर्षको अनुभव अथवा स्नातकोतरपाधीको साथै बैंक तथा वित्तीय संस्था, सांगठनीक संस्था र सरकारको अधिकृत स्तरमा ३ वर्षको कार्य अनुभव हुनुपर्ने ब्यवस्था गरिएकोे छ । 

वाफियाको विद्यमान ब्यवस्थामा भने संचालक हुनको लागि विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा पाँच वर्ष काम गरेका अथवा स्नातकोपाधि हासिल गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको संचालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत स्तरमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने ब्यवस्था रहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved