उमेर हदका कारण नबिल र एभरेष्टका अध्यक्षको पद धरापमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2019 | 03:48:53 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकको संचालकलाई ६५ वर्षको उमेरहद लागु हुने भएको छ । मन्त्रीपरिषद्ले स्वीकृत गरेर संसदमा पेश गर्ने तयारी भएको संशोधन विधेयकमा बैंकको संचालक हुनको लागि ६५ वर्षको उमेरहदको व्यवस्था गरिएको छ । 

प्रस्तावित विधेयकमा मुल ऐनको दफा १८ को उपदफा १ को खण्ड क लाई संशोधन गर्दै बैंकको संचालक हुनको लागि २५ वर्ष पुरा गरी ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ । 

वाफियाको विद्यमान ब्यवस्थामा भने संचालक हुनको २५ वर्ष पुरा गरेको हुनुपर्ने व्यवस्था रहेको छ तर अवकासको भने कुनै ब्यवस्था उल्लेख छैन। यदि प्रतावित विधेयका पास भएमा ६५ वर्ष नाघेका ब्यक्ति बैंकको संचालक हुन पाउने छैनन् । 

उक्त प्रस्ताव पारित भएमा सनराइज, एनआएशी एशिया को साथै राष्ट्र बैंकको परिपत्र विरुद्ध मुद्धा लडेर बैंकको अध्यक्षमा फर्किएका   नविल र एभरेष्ट लगाएतका बैंकका अध्यक्ष र संचालक समेत प्रभावित हुनेछन । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved