ललितपुर जिल्ला अदालतमा एनआईसी एशियाको एक्स्टेन्सन काउण्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2019 | 05:56:35 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालन गर्ने भएको छ । बैंक र अदालतबीच आज मंगलबार  एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको हो।

सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र अदालतको तर्फबाट अदालतका श्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले हस्ताक्षर गरेका हुन ।

हाल बैंकले देशभर २९८ शाखा कार्यालय,  ३५४ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved