बिजपाटी सम्बाददाता     Sep 12, 2019 | 12:26:27 PM


sunrisebank ruslan

नेपाल राष्ट्र बैंकले आज बिहिबारबाट नयाँ नोट बजारमा पठाएको छ। राष्ट्र बैंकले २० र ५० रुपैयाँ दरका नयाँ नोटहरु बजारमा पठाएको हो ।

बैंकले बजारमा ज/८६०००००१ देखि ज/८८९९९९९९ संकेत नम्बरको ५० रुपैयाँको नोट बजारमा पठाएको हो । यी नोटको अगाडी भागमा 'वि.स. २०७२' र पछाडी भागमा  '२०१६ A.D.' उल्लेख छ। 

त्यस्तै बैंकले बजारमा ञ/४१०००००१ देखि ञ/४१९९९९९९ संकेत नम्बरको २० रुपैयाँको नोट बजारमा पठाएको हो । यी नोटको अगाडी भागमा 'वि.स. २०७२' र पछाडी भागमा  '२०१५ A.D.' उल्लेख छ। 

दशैँको लागि नयाँ नोट भने रश्र्ता बैंकले पछि बजारमा पठाउने जनाएको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7