एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले बैतडीको पाटनमा शाखा विस्तार गरेको छ । बैंकले पाटन नगरपालिका वडा नं ६ मा शाखा संचालनमा ल्याएको हो । पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्दले उक्त शाखाको उद्घाटन गरेका हुन् ।
यस संगै बैंकको कुल शाखा संख्या २९८ पुगेको छ । बैंकले ३५५ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।