आरटीजीएस प्रणालीको परिक्षण सफल, ठुलो भुक्तानीमा चेक काट्नु नपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2019 | 06:49:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले वास्तविक समयमा हुने भुक्तानी सेवा रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) को सफल परिक्षण गरेको छ । बिहिबार दिउँसो राष्ट्र बैंकका कार्यकारी निर्देशक सरिता भट्टले माछापुच्छ्रे बैंकमा भएको आफ्नो खाताबाट इन्भेष्टमेन्ट बैंकमा भएको अर्को व्यक्तिको खातामा रकम भुक्तानी गर्न सिस्टमको परिक्षण गरेकी हुन् । उक्त कारोबारको प्रतिवेदन पेश गरेपछी बैंकका कर्मचारिले सोही निवेदनको आधारमा तत्काल भुक्तानी दिएपछी सिस्टमको परिक्षण सफल भएको हो ।

परिक्षण सफल भएसँगै अब भुक्तानीका लागि चेक आवश्यक नपर्ने भएको छ । सेवाग्राहीले चेक नकाटी त्यसको सट्टामा एउटा निवेदनको आधारमा तत्कालै रकम भुक्तनी गर्न सकिने भएको छ । उक्त प्रणलीको औपचारिक उद्घाटन भने आइतबार गभर्नर डा. चिरञ्जीवी नेपालले गर्नेछन् ।

राष्ट्र बैंकले भदौ १९ गते आरटीजीएस नियमावली ल्याएर भदौ २० गते निर्देशन दिँदै २५ गतेभित्र उक्त सेवा सुचारु गर्न बैकहरुलाई निर्देशन दिएको थियो । २८ वटै बैंकले उक्त सेवा सुरु गरेका छन । विकास बैंक र फाइनान्स कम्पनीले भने तत्कालको लागि उक्त सेवा वाणीज्य बैंकको सहायताले प्रदान गर्ने र आगामी पुष भित्रमा भने विकास बैंक र फाइनान्सलाई पनि उक्त प्रणीमा आवद्ध गरिने राष्ट्र बैंकले जनाएको छ ।

आरटीजीएस प्रणाली लागू भएसँगै अब २ लाखभन्दा बढीको भुक्तानी गर्न चेक काट्नु नपर्ने भएको छ । तत्कालका लागि २ लाखभन्दा माथि र २० लाख रुपैयाँभन्दा कमको भुक्तानीलाई स्वेच्छिक गरिएकको २० लाख रुपैयाँभन्दा माथिको भुक्तानी अनिवार्य रुपमा आरटीजीएस प्रणालीमार्फत् गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

उक्त सेवा लिनको लागि विहान १०ः३० बजे देखी १ः३० बजे सम्म प्रतिकारोबार १० रुपैयाँ १ः३० देखी २ः३० बजे सम्म २० रुपैयाँ र २ः३० देखी ३ बजे सम्म १०० रुपैयाँ लाग्ने छ । २ः३० देखी ३ बजे सम्म अन्तर बैंक कारोबार मात्र हुने र सर्वसाधारणले उक्त समयमा सेवा लिन नपाउने भएकोले १०० रुपैयाँ चार्ज राखिएको राष्ट्र बैंक भुक्तानी ब्यवस्थापन विभागका कार्यकारी नितर्देशक बम बहादुर मिश्रले जनकारी दिए ।

यो प्रविधिमा सुरु भएसँगै डिजिटल पेमेन्टमा एक कदम अगाडी बढेको राष्ट्र बैंकका कार्यकारी निर्देशक मिश्र बताउँछन् । अव समय सँगै लागतमा पनि उल्लेखनिय कम आउने र करोडौं रकम बचत हुने उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved