बिजपाटी सम्बाददाता     Sep 15, 2019 | 02:21:32 PM


tansen

राष्ट्रिय बाणिज्य बैंकले देशकै उच्च हिमाली मानव बस्ती भएको डोल्पाको डोल्पोबुद्धमा आफ्नो २३८ औं शाखा संचालनमा ल्याएको छ। बैंकले डोल्पोबुद्ध गांउपालिका वडा नं.१ धो मा शाखा कार्यालय डोल्पोबुद्ध सञ्चालनमा ल्याएको जनाएको छ। 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र संघीय सांसद जर्नादन शर्मा प्रभाकरले एक समारोहका बीच संयूक्त रुपमा बैंकको २३८ औं शाखा कार्यालयको उद्घाटन गरे। 

उक्त अवसरमा उपप्रधान तथा रक्षामन्त्री पोख्रेलले सरकारी बैंकले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थानमा शाखा सञ्चालन गरि बित्तीय पहुंच पुर्याएकोमा बैकको थप प्रगतिको लागि शुभकामना ब्यक्त गरे। 

बैकको ५ नं.प्रदेश कार्यालय नेपालगञ्जका प्रादेशिक प्रबन्धक आनन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सुवेदीले बैकलाई तोकिएका सबै स्थानीय निकायमा बैंकको पहुंच पुगेको संदेश सम्प्रेषण गरेका थिए। 

उक्त अबसरमा नेपाल सरकारका मान्नीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धन बहादुर बुढा, कर्णाली प्रदेश सरकारका मान्नीय आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, मान्नीय सामाजिक बिकासमन्त्री दल राबल, मान्नीय उद्योग, पर्यटन तथा वाताबरण मन्त्री नन्दसिंह बुढा, कर्णाली प्रदेशसभाका मान्नीय उपसभामुख पुष्पा घर्ति तथा मान्नीय प्रदेश सांसद बदामी कुमारी बोहोराको उपस्थिति थियो। 

त्यसैगरी उक्त कार्यक्रममा नेकपा कर्णाली प्रदेश अध्यक्ष गोरख बहादुर बोगटी, जिल्ला समन्वय समिति प्रमुख शेर बहादुर बुढा, नेकपा केन्द्रीय सदस्य हंश बहादुर शाही, नेपाली काग्रेस सभापति अंगद बहादर बुढा, ढोल्पोबुद्ध गाउपालिका अध्यक्ष तेम्बा गुरुङ, छार्काताङसोङ गाउपालिका अध्यक्ष सेनाङ गुरुङ, काइके गाउपालिका अध्यक्ष अंगद राना, डोल्पोबुद्ध गाउपालिका वडा नं. १ का वडाध्यक्ष ग्याल्पो थापा भोटे, रा.स.स महाप्रबन्धक ओपेन्द्र शर्मा, प्रहरी नायब उपरिक्षक नारायण रंजितकार, उपप्रधान तथा रक्षामन्त्रीज्यूका स्वकीय सचिब लोकेन्द्र के.सी, बैकका प्रबन्धक होताराम योगी, उपप्रबन्धक लिलाराम ढुगाना, मुड्केचुला शाखा प्रबन्धक जंगवीर बि.क., सहायक हेमराज बुढा लगायत पत्रकारहरु र सर्व साधारणहरुको उल्लेख्य सहभागिता थियो। 

यसै बीच डोल्पाको छार्काताङ्गसोङ्ग गाउंपालिका वडा ४ मा २३७ औं शाखा कार्यालय छार्काताङ्गसोङ्गको पनि कारोबार शुभारम्भ भएको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7