संगठित हुँदै बाणिज्य बैंकका संचालक, जन्मियो ‘चेयरम्यान एसोशिएसन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 11:03:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिन्जीवी नेपालले बैंकर्स संघ सीईओ को नभई बैंकका संचालकहरुको संगठन हुनुपर्ने बताएको केहि साता नबित्दै बैंकका अध्यक्षहरु संगठित हुने भएका छन। 

बैंकर्स संघ कर्मचारीहरुको संगठन भएकाले लगानीकर्ता (सञ्चालक) हरु पनि एकजुट हुनुपर्ने गभर्नर नेपालको चाहना बमोजिम नै बैंकका अध्यक्षहरुले 'अध्यक्ष संघ' अर्थात 'चेयरमेन एसोसियसन' नामको संगठन खडा गरेका छन।

बाहिर मेरो अध्यक्षमा संगठन गठन भएको भन्ने आएपनि अहिलेलाई सबै बैंकका अध्यक्ष मिलेर 'चेयरमेन एसोसियसन' नामको संगठन निर्माणको क्रममा रहेको भन्न उचित हुने एनएमबि बैंकका अध्यक्ष पवन गोल्यानले बिजपाटीलाई बताए।

‘बाणिज्य बैंक सञ्चालक समितिका अध्यक्षहरु संगठित हुने तयारी अन्तिम चरणमा पुगेको छ, नेतृत्वको विषयमा ठोस केहि भएको छैन्, साथीहरुले मलाई नेतृत्व गर्न आग्रह गरिरहनु भएको मात्र हो' उनले भने।  

उद्योगी व्यवसायीले ब्याजदरका बारेमा आन्दोलन गर्दा आफुहरु हेरिरहन बाध्य भएकाले संगठित भएर आवाज उठाउन एकिकृत भएको अध्यक्ष  गोल्यानले बताए।

त्यसो त अहिले सीईओ क्लबमा रुपमा चिनिने बैंकर संघ कुनै बेला बैंकका साहु अर्थात संचालकहरुको नै साझा थलो थियो। बैंकका संचालक प्रमुख कार्यकारी बन्न नपाउने व्यवस्थासंगै उक्त संघ सीईओ क्लबमा रुपमा रुपान्तरण भएको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved