माछापुच्छ्रे बैंकको खाताबाट आरटीजीएस प्रणालीको पहिलो भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2019 | 10:01:23 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  को खाताबाट नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा बिनाचेक २० करोड रुपैयाँ भुक्तानी गर्दै नेपालमा रियल टाइम ग्रस पेमेन्ट सेटलमेन्ट (आरटीजीएस) प्रणालीको सुरुवात भएको छ। 

नेपाल राष्ट्र बैंकले आयोजना गरेको एक कार्यक्रममा माछापुछ्रेका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र नेपाल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले पहिलोपटक २० करोडको ट्रेजरी डिल सिलिप एकअर्कामा साटासाट गरेर उक्त आरटीजीएस प्रणालीको सुरुवात भएको हो। 

आरटीजीएस प्रणाली लागु भएपछि २ लाख रुपैयाँभन्दा माथिको भुक्तानी दिँदा चेक नचाहिने भएको छ। राष्ट्र बैंकले तत्काललाई २ लाख रुपैयाँभन्दा माथि २० लाखसम्मको भुक्तानी स्वेच्छाले र २० लाखभन्दा माथि अनिवार्य आरटीजीएस प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ। 

विश्वका अधिकांश मुलुकमा जस्तै नेपालमा पनि बैंकिङ्ग कारोबारमा सहजता ल्याउने उद्धेश्यका साथ अत्याधुनिक प्रविधियुक्त आरटीजीएस प्रणाली कार्यन्वयनमा ल्याईएको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved