बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Sep 16, 2019 | 05:03:58 PM



सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले थाहा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।  बैंकले नगरपालिकाको टिष्टुङ्ग बज्रबाराहीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा र  डिजिटल वित्त (विधुतिय वित्त) सम्बन्धी जानकारी दिएको थियो । उक्त कार्यक्रममा १५० जनाभन्दा बढीले सहभागिता रहेको बैंकले जनाएको छ । 

बैंकले सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पहुंच बढाउन गाउंगाउमा वित्तीय साक्षरता अभियान सुरु गरेको हो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7