एनएमबि र ओमको मर्जरमा कर्मचारी समायोजनमा 'लफडा'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 06:48:42 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि र ओम डेभलपमेन्ट बैंकको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको गत बिहीबार बसेको बोर्ड बैठकले मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो । अन्तिम स्वीकृति पाएसंगै दशैँ अगाडी नै एकीकृत कारोबार सुरु गर्ने लक्ष्यका साथ बाँकि काम भईरहेको दुवै बैंकले जनाएका छन् 

यद्यपि मर्जरमा कर्मचारी समायोजन भने पेचिलो बनेको छ । स्रोतका अनुसार ओमका १०० जना भन्दा बढी कर्मचारी बाहिरिने भएका छन् । जस अनुसार ७० जना संयुक्त मर्जर कमिटिको निर्णय प्याकेज लिएर बाहिरिन लागेका हुन् । अन्य कर्मचारीहरुलाई पनि प्याकेज लिने बिकल्प रहेकोले उनीहरुले प्याकेज लिएर बाहिरिन लागेका हुन् । 

ओमका म्यानेजर तहका कर्मचारीलाई २ तह र अफिसर तहका कर्मचारीलाई १ तह घटुवा गरी एनएमबिमा समायोजन गरिने स्रोतले जनाएको छ । एसीसटेन्ट तहका कर्मचारीलाई सोहि तहमा नै समायोजन गरिने बैंक स्रोतले जनाएको छ । यहि समायोजना प्रक्रियामा अशन्तुष्टी जनाउदै केहिले राजिनामा दिएका छन् भने कहिले ओमबाट प्याकेज लिएर अन्य बैंक तथा वित्तीय संस्थाबाट 'अफर लेटर' बुझीसकेको स्रोतले जनाएको छ । घटुवा भएर जानु भन्दा अन्य बैंक तथा वित्तीय संस्थाबाट अफरआएकोले केहि कर्मचारी प्याकेज लिएरै बाहिरिन लागेका हुन् । ठुलो संख्यामा कर्मचारीले राजिनामा दिन थालेपछि राष्ट्र बैंकले समेत यसमा चासो दिएको थियो । अब राजिनामा दिएकाहरुको राजिनामा स्वीकृत गर्ने वा नगर्ने निर्णय भने संयुक्त मर्जर कमिटिले गर्ने भएको छ । 

यी दुई बैंक  १००ः७६ को स्वाप रेसियमा गाभिन लागेका हुन् । जस अनुसार ओमका शेयरधनीहरुले मर्जरपछि प्रत्येक १०० कित्ता बराबर एनएमबि बैंकको ७६ कित्ता शेयर प्राप्त गर्नेछन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved