गभर्नरको मर्जर नीतिमा अर्थमन्त्रीको असहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 02:26:42 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युबराज खतिवडाले नेपालमा फोर्स मर्जर सम्भव नभएको बताएका छन। काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले भारतको सरकारी बैंकलाई फोर्स मर्जरमा लगीएझैं नेपालका निजि क्षेत्रका बैंकहरुलाई फोर्स मर्जरमा लैजान सम्भव नभएको बताएका छन। 

फोर्स मर्जर सम्भव नभएकाले निजि लगानीका बाणिज्य बैंकको मर्जरको लागि सरकारले प्रोत्साहनको नीति ल्याउने अर्थमन्त्री खतिवडाले बताए। सरकारको चाहना ठुला बैंकको मर्ज भएकाले प्रोत्साहन नीति मार्फत नै यसको कार्यान्वयन गरिने अर्थमन्त्री खतिवडाले बताएका छन। 

अर्थमन्त्री खतिवडाको उक्त भनाईले भने राष्ट्र बैंकको तयारीमा धक्का लागेको छ। मौद्रिक नीति पुर्वनै बैंक वित्तीय संस्थाका अध्यक्ष र सीईओ लाई डाकेर मर्जरको प्रतिबद्दता गर्न लगाएका गभर्नर चिरिन्जीवी नेपाल भने प्रोत्साहनले मात्र नभई फोर्स मर्जरको आवश्यकता भएको बताउदै आएका छन। 

राष्ट्र बैंकका उच्च अधिकारिनै ढिलो चांडो बैंकहरु मर्जरमा जाने र नगए मलेसियामा जस्तै फोर्स मर्जरको विकल्प रोज्न सकिने आशयको अभिव्यक्ति दिंदै आएका छन। सोहिअनुसार राष्ट्र बैंकले भदौ १२ गते मात्रै बैंकहरुले बुझाएको मर्जरको प्रतिबद्दताको अपडेट मागेको थियो।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved