एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited ले टिच फर नेपाललाई आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आइतबार ५ लाख आर्थिक सहयोग प्रदान गरेको हो ।
बैंकले टिच फर नेपाललाई सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीता बृद्धि गर्नको लागि उक्त रकम प्रदान गरेको हो। बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बन्दना पाठकले टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई उक्त चेक प्रदान गरेकी हुन् ।