मर्जर नीतिमा ६ बैंकको असहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 04:41:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मर्जरको अपडेटको लागि गरेको पत्राचारमा २२ बाणिज्य बैंकले जवाफ पठाएका छन। राष्ट्र बैंकले यही भदौ १२ गते १० दिनको 'अल्टिमेटम' सहित मर्जरको प्रगति विवरण माग गरेको थियो।

सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक तथा स्टान्डर्ड चार्टड, प्रभु , सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट र एनसीसी बैंकले जवाफ नपठाएको राष्ट्र बैकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बिजपाटीलाई बताए।

पहीले मर्जर प्रतिवद्धता नबुझाएका नविल, एभरेष्ट र प्राइम कमर्सियल बैंकले मर्जमा जाने ब्यहोरा सहितको पत्र राष्ट्र बैंकलाई दिएका छन। तर पहिले  नै मर्जरको लागि प्रतिबद्दता बुझाएका बैंकहरुले नै प्रगति विवरण नबुझाएको राष्ट्र बैंकले जनाएको छ। उनीहरुले प्रतिबद्दता नजनाएका राष्ट्र बैंकले असन्तुष्टि जनाएको छ।  

गभर्नर डा. चिरिन्जीवी नेपालले मौद्रिक नीति पुर्वनै असार १२ गते बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा सीईओ हरुलाई डाकेर मर्जरको प्रतिबद्दता जनाउनलाई मौखिक निर्देशन दिएका थिए। 

त्यसको करिब दुई महिनापछि प्रतिबद्दता जनाएका र नजनाएका बैंकहरुलाई राष्ट्र बैकले मर्जर प्रतिबद्दता सम्बन्धमा अपडेट मागेको थियो। राष्ट्र बैंकले पछिल्लो पटक बैंकहरुलाई पत्र काट्दा मर्जर प्रतिवद्धता बुझाएका र नबुझाएका बैंकहरुलाई फरक फरक ब्यहोरा सहीतको पत्र काटेको थियो। 

गभर्नरलाई झड्का !

फोर्स मर्जरको कुरा गर्दै हिड्ने गभर्नर नेपाललाई अर्थमन्त्री खतिवडाले झड्का दिएका छन। अर्थमन्त्री खतिवडाले नेपालमा फोर्स मर्जरको सम्भावना नरहेको बताएसंगै गभर्नरको मर्जर नीतिमा झड्का लागेको हो। अर्थमन्त्री खतिवडा मर्जरको पक्षमा देखिएपनि फोर्स मर्जर गर्न नहुने कुरा औपचारिक कार्यक्रममै बताउन लागेका छन्। यता विश्व बैंकले नेपालमा १६ अर्ब चुक्ता पुंजी भएका १५ बाणिज्य बैंक भए पुग्ने प्रतिबेदन सार्वजनिक गरेको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved