बैंक अफ काठमाण्डूका पूर्वसीइओ सहित बहालवाला ५ कर्मचारी पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2019 | 09:20:51 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिंङ कसुर अपराधमा बैंक अफ काठमान्डूका पुर्व सीईओ तथा बहालवाला कर्मचारी पक्राउ परेका छन। पुर्व सीईओ अजय श्रेष्ठ सहित बहालवाला पाँच कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गत शुक्रबार नै पक्राउ गरेको जनाएको छ।

प्रहरीले पूर्वसीइओ श्रेष्ठलाई गत शुक्रबार नियन्त्रणमा लिएको ब्युरोका एसपी दिपक रेग्मीले बिजपाटीलाई बताएका छन। उनकाअनुसार खोलाको जग्गा धितोमा राखेर ऋण प्रवाह गरेको अभियोगमा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको रेग्मीले बताए। पक्राउ पर्नेमा  अजय श्रेष्ठ सहित बिक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी, शुष्मा शाह छन।

सन् २०१५ मा बैंक अफ काठमाण्डूबाट जग्गाको नक्कली धनीपूर्जा राखेर ऋणीले ५ करोड रुपैयाँ ऋण लिएका थिए। पछि ऋणको सावाँ र ब्याज नतिरेपछि अनुसन्धानको क्रममा मिलोमतोको तथ्य खुलेको हो। तथ्य फेला परेपछि बैंकले ऋणी सुरेन्द्र श्रेष्ठलाई बैंकिङ कसूर गरेको अभियोगमा प्रहरीमा किटानी जाहेरी दिएको थियो। तर अनुसन्धान गर्दै जाँदा यो प्रकरण पुर्व सीईओ श्रेष्ठसम्म पुगेको हो।

को हुन् अजय श्रेष्ठ ?

सीइओ अजय श्रेष्ठ बैंक अफ काठमाण्डूबाट ०७४ असार मसान्तदेखी बाहिरिएका हुन्। बिओंकेमा करिब दुई कार्यकाल काम गरेका श्रेष्ठले त्यसअघि २ बर्ष एनएमबि बैंकमा काम गरेका थिए। 

करिब ३२ बर्ष बैंकिंङ अनभव भएका श्रेष्ठले १५ बर्ष स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरेका थिए। उनलाई बैंकिंङ क्षेत्रमा इमान्दार बैंकरको रुपमा चिनिन्छ।       


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved