नेपाल बैंकद्वारा २ वटा कर्जा सेवा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2019 | 01:54:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited ले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेको छ । दिवसका अवसरमा बैंकले खुल्ला रक्तदान, सार्वजनिक स्थल सरसफाई, दीपावली, प्रभात फेरी, संविधानविदसँग अन्तरक्रिया तथा नयां कर्जा सेवा शुभारम्भ लगायतका विविध कार्यक्रम गरेको हो ।

रक्तदान गर्ने ५० जनालाई बैकका का मुका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले प्रमाणपत्र प्रदान गरे । बैंकले नेपालको वर्तमान संविधानबारे संविधानविद पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठसंग अन्तरक्रिया कार्यक्रम समेत गरेको छ । 

दिवसकै अवसरमा बैंकले सम्बृृृद्धि व्यवसाय र सेवाग्राही कर्जा , वातावरणीय सुधार निम्ति ग्रिन फाइनान्सिङ्ग कर्जा लगायतका नयाँ कर्जा सेवाहरुसमेत सुरुवात गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved