एनआईसीको कार्डबाट भाटभटेनीमा सामान किन्दा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2019 | 03:43:42 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited को कार्ड मार्फत भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्दा विशेष छुट पाइने भएको छ । बैंक र सुपरमार्केटबीच आइतबार छुट प्रदान गर्ने सम्झौता भएको हो  । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र भाटभटेनीका अध्यक्ष मीन बहादुर गुरुङले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार  बैंकको डेबिट एवं क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५% रकम वा अधिकतम एक हजार सम्म छुट प्रदान गरिने छ ।  यसका साथै यस बैंकमा खाता नभएकाहरुले सुपरमार्केट मै रहेको बैंकको स्टल तथा प्रतिनिधिमार्फत् नयाँ खाता खोली इन्स्ट्यान्ट कार्ड प्रालिन सक्ने छन् । यो अफर आश्विन ८ गतेदेखि कार्तिक १६ गतेसम्म लागू हुने  बैंकले जनाएको छ । 

बैंकले २९८ शाखा , ३५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved