सनराइज बैंक Sunrise Bank Limited सुनवल शाखाले महाकवि देवकोटा क्याम्पसलाई ३२ हजार बराबरको शैक्षिक सामग्री सहयोग गरेको छ । सुनवल शाखाका प्रमुख प्रकाश खनालले उक्त क्याम्पसका संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेलाईसामान हस्तान्तरण गरे । बैंकले वार्षिक उत्सवको अवसरमा सहयोग गरेको हो ।
बैंकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४२ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ ।