नोट बिगार्नेलाई कडा कारबाही गर्न पण्डितहरुको सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2019 | 08:32:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले नोटको संरक्षणको लागि धार्मिक संघसंस्था सँग सहकार्य गर्ने भएको छ । धर्मको नाममा कागजी नोटलाई पुजा गर्ने, मठमन्दिरमा बलि दिँदा रगतमा पैसा चढाउने पुजाआजा गर्दा नोटलाई पानीले भिजाएर आयु घटाउने जस्ता कार्यले नोटको आयु घटेको भन्दै नोट संरक्षणको लागि धार्मिक संघसंस्थाका प्रतिनीधिसँग राष्ट्र बैंकलले छलफल गरेको हो ।

आइतबार नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा मुद्रा ब्यवस्थापन विभागका प्रमुख लक्ष्मी प्रपन्न निरौलाले पन्चाङ निर्णायक समितिका अध्यक्ष र नेपाल पण्डित सम्मेलनका संयोजक तथा केही पत्रकारसंग समेतको उपस्थितिमा नयाँ नोटको संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका हुन्।

छलफलमा पञ्चाङ निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले नोटमा रङ दल्ने तथा भिजाउने कामको अन्त्य गरी सुरक्षीत तरीकाले धार्मिक कार्यक्रमहरु संचालन गर्न आग्रह गर्ने र राष्ट्र बैंकको नीतिहरुमा सघाउने बताए । त्यस्तै पञ्चाङग निर्णायक समितिको पुर्व अध्यक्ष समेत रहेका माधव भट्टराइले पनि आफुले नोट संरक्षणलाई अभियानको रुपमा संचालन गर्ने बताए । अमेरिका र छिमेकि मुलुक भारतमा समेत केरमेट गरेको तथा विगारेको नोट नचल्ने भन्दै नेपालमा पनि नोट विगार्नेलाई कडा कारवाही गरेमा समस्या क्रमिक रुपमा समाधान हुँदै जाने उनको भनाई छ ।

केन्द्रिय बैंकले अव नयाँ नोट भन्दा पनि सफा नोट नीति लिने प्रवक्त लक्ष्मी प्रपन्न निरौलाले बताए । दशैंमा मेलाको रुपमा नयाँ नोट वितरण गर्ने परम्परालाई क्रमिक रुपमा घटाउँदै राष्ट्रिय चार्डपर्वहरुमा पनि सहज रुपले नोट साट्ने ब्यवस्था गर्ने उनको भनाई छ । विभिन्न धार्मिक कार्यक्रमको नाममा नोटमा रङ लगाउने तथा भीजाउने प्रकृतिले वार्षिक रुपमा अर्वौको नोट जलाउनुपर्ने अवस्था आएको भन्दै नोटलाई सुरक्षित गर्न सके राज्यकोषको वार्षिक करिब ३० करोड रुपैयाँ बचत हुने उनको भनाई छ । नोटलाई जथाभावि रुपमा विगार्ने केरमेट गर्ने ब्यक्तिलाई ३ महीना जेल र ५ हजार सम्म जरिवानाको ब्यवस्था रहेको छ ।  

 नोट छपाईको खर्च

नेपाल राष्ट्र बैंकले वर्षमा २ देखि ३ अर्व रुपैयाँ नोट छपाईमा खर्च गर्ने गरेको राष्ट्र प्रवक्ता निरौला बताउँछन। १ हजारको नोट छाप्नको लागि ३ रुपैयाँ ३७ पैसा र ५ रुपैयाँको नोट छाप्न करिब २ रुपैयाँ लागत लाग्ने उनको भनाई छ । औषतमा भने एउटा नोट छाप्नको लागि २ रुपैयाँ ५० पैसा भन्दा माथि खर्च लाग्ने उनी बताउँछन् ।

 नोटको आयु

५०० र हजार दरको नोटमा हाल औषत् आयु ३ वर्ष र अन्य साना नोटमा औषत आयु २ वर्ष रहेको राष्ट्र बैंकको भनाई छ । तर सुरक्षित तरिकाबाट प्रयोग गर्ने हो भने ठुला दरको नोट ७÷८ वर्ष र साना दरको नोट ४÷५ वर्ष सम्म पनि टिक्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रबक्ता निरौलाका अनुसार हाल ४ खर्ब ९१ अर्ब बराबरको नोट छ । । विधिको प्रयोग बढ्दै गएकोलेयो गत वर्षको भन्दा करिब ५ अर्बले घटी रहेको उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved