बैंकका मालिकहरुको ठुलो संघ जन्मदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2019 | 11:31:04 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाहरुलाई थप सशक्त र बलियो बनाउन भन्दै बैंकका अध्यक्षहरु संगठित भएका छन् । बैंकका अध्यक्षहरु संगठित भएर संस्था स्थापनाको प्रक्रिया सुरु गरेका हुन् । एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानको नेतृत्वमा ‘चेयरमेन एसोशिएसन’ दर्ता गर्ने प्रक्रिया अगाडी बढेको हो ।

आवश्यक कागजात सहित संस्था दर्ताको लागि जिल्ला प्रशासन कार्यलय काठमाडौंमा निवेदन दिएको र संस्था दर्ताको प्रक्रिया अगाडी बढेको एनएमबी बैंकका गोल्यानले बताए। सिइओहरुको एसोसिएसन छुट्टै रहेको र सिइओहरुलाई सल्लाह तथा सुझाव दिनको लागि अध्यक्षहरुले संस्थागत रुपमै संगठित हुन् लागेका हुन् । सिइओहरु जस्तै अध्यक्षहरु पनि एक ठाउँमा आउनुपर्ने महशुस भएर नै अध्यक्षहरुको संस्था दर्ता गर्न लागिएको गोल्यानको भनाई छ ।

बैंकर्स संघमा वाणिज्य बैंकका सिइओहरु मात्रै सदस्य रहेको तर अब बन्ने अध्यक्षहरुको संस्थामा भने वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई समेत समेटेर अगाडी बढ्ने उनको भनाई छ । अहीले संस्था दर्ता प्रक्रियामात्रै सुरु भएको र त्यसलाई कुन रुपले अगाडी बढाउने भन्ने विषय छलफलकै क्रममा रहेको उनले बताए ।

'गत साउनमा नेपाल राष्ट्र बैंकले केही नितिगत ब्यवस्था ल्याउँदा नै सिइओहरु अव काम गर्न नसकिने भन्दै अध्यक्षलाई गुहार्न पुगे । त्यसपछि हामी संचालहरुकले नै बसेर छलफल गरेर नीतिगत सुधाहरु गर्दा हामी डराउन हुँदैन थप मजबुत बनेर जानु पर्छ । ' अध्यक्ष गोल्यानले भने 'यसले वित्तीय क्षेत्र केही प्रभावित होला तर धरासायि नहुने भन्दै अध्यक्षहरुले नै हिम्मत दिएकोले अहीले बैंकिङ क्षेत्रै पहीलेकै अवस्थामा छ ।' त्यस्तो अवस्था पुन आउन सक्ने भएकोले सिइओहरुलाई हौसला दिनको लागि पनि संस्था आवश्यक रहेको गोल्यानले बताए ।

‘सिइओहरुको संस्थाले संस्थालाई कसरी नेतृत्व गर्ने राम्रो बनाउने भन्ने सोच्छ भने अध्यक्षहरुले राज्यले लिएकोे नीति तथा अवाश्यक परामर्शको भुमिका खेल्छ । ’ गोल्यानले भने । संस्थाको आफुले नेतृत्व लिने कि कसले लिने भन्ने विषय अहिले नै टुङ्गो नलागेको उनको भनाई छ । अहीले पनि मेरो भन्दा पनि हाम्रो नेतृत्वमा संस्था दर्ताको प्रक्रिया अगाडी बढेको भन्न उपयुक्त हुने गोल्यान बताउँछन्।

नियामक निकायहरुबाट विभिन्न किसिमका दवाबहरु आउँने भएकोले वित्तीय क्षेत्रमा उपस्थिति दरिलो बनाउन अध्यक्षहरु संगठित हुनु पर्ने आवाज उठ्दै आएको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved