पक्राउ परेका पुर्व सिइओ श्रेष्ठबारे बैंकर्स संघको यस्तो निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 03:53:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघको पुर्ण बैंठकले पक्राउ परेका बैंक अफ काठमाडौंका पुर्व सिइओ अजय श्रेष्ठलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आग्रह गर्ने निर्णय गरेको छ । मंगलबार बसेको संघको पुर्ण बैठकले श्रेष्ठलाई हिरासत बाहिर नै राखेर अनुसन्धान गर्न महान्याधिवक्ता अग्नी खरेल लगायत सरकारी वकिललाई आग्रह गर्ने निर्णय गरेको हो।

छलफलमा बैंक अफ काठमाडौंका डेपुटी सिइओ श्रवण लाल मास्केले बैंकिङ कसुर सम्बन्धि ऐनले निर्दाेष ब्यक्तीलाई पनि असहज हुने अवस्था सिर्जना गर्न सक्ने भन्दै यसमा बैंकरले सोच्नुपर्ने कुरा उठाएका थिए । मास्केले उठाएको विषयमा बैंठकले समर्थन जनाउँदै बैंकिङ कसुर ऐनलाई नै संशोधन गर्नुपर्ने निष्कर्ष सहित यसको लागि लविङ गर्ने निर्णय गरेको सहभागि एक बैकरले बताए ।

संघले बैंकिङ कसुर ऐनलाई संशोधन गर्नको लागि नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय लगायतका निकायमा लविङ गर्ने निर्णय समेत गरेको छ । श्रेष्ठ इमान्दार बैंकर रहेको भन्दै उनले यस्तो काम गर्न नसक्ने निष्कर्ष बैठकले निकालेको छ । त्यस्तै श्रेष्ठलाई छिट्टै नै हिरासतमुक्त गराउनको लागि पहल गर्ने निर्णय समेत बैठकले गरेको सहभागी एक बैंकले बताए । तर गल्ती गर्नेलाई कारबाही हुनुपर्ने विषमा बैंकस संघ प्रतिवद्ध रहेको बताइएको छ ।

महान्याधिवक्ता अग्नी खरेललाई भेट्ने जिम्मा बैठकले अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, राष्ट्रिय बाणिज्य बैंकका सीइओ किरण कुमार श्रेष्ठ र इन्भेस्टमेन्ट बैंकका अध्यक्ष ज्योति प्रकाश पाण्डेलाई दिएको छ ।

बैंक अफ काडमाडौका सिइओ सोहन देव पन्त भने बैठकमा सहभागि नरहेको तर बैंकका पुर्व सिइओ श्रेष्ठ पक्राउको विषलाई संघलले गम्भीर रुपमा लिएर छलफल गर्नुपर्ने भनदै डेपुटी सिइओ मार्फत आफ्नो एजेन्डा पठाएको स्रोतले जनाएको छ ।

बैंकिंङ कसुर अपराधमा गत शुक्रबार बैंक अफ काठमान्डूका पुर्व सीईओ तथा बहालवाला कर्मचारी पक्राउ परेका  ।  केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ११ जनालाई पक्राउ गरेको हो । 

यो पनि :

पुर्व सीइओ श्रेष्ठसहित ११ जनाको अनुसन्धान सकियो, के छ अबको प्रक्रिया ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved