पुर्व सीइओ श्रेष्ठसहित ११ जनाको अनुसन्धान सकियो, के छ अबको प्रक्रिया ?

५ जना अझै फरार
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 05:00:12 PM मा प्रकाशित

laxmi  sunrise bank

केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबि) ले बैंक अफ काठमाण्डू (बिओके) को ऋण दूरुपयोग सम्बन्धि अनुसन्धानको प्रतिवेदन सरकारकी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबिका प्रबक्ता बेल बहादुर पाण्डेले मंगलबार प्रतिवेदन बुझाएको बताए ।

ऋण दुरुपयोग गरेको आरोपमा प्रहरीले बिओकेका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसहित १९ जनालाई प्रकाउ गरि अनुसन्धान गरेको थियो । प्रहरीले यसमा १६ जना संलग्न रहेकोमा ५ जना अझै फरार रहेको जनाएको छ । प्रहरीले उनीहरुको खोजि कार्य जारि राखेको जनाएको छ ।

सन् २०१५ मा बैंक अफ काठमाण्डूबाट जग्गाको नक्कली धनीपूर्जा राखेर ऋणीले ५ करोड रुपैयाँ ऋण लिएका थिए। पछि ऋणको सावाँ र ब्याज नतिरेपछि अनुसन्धानको क्रममा मिलोमतोको तथ्य खुलेको हो। तथ्य फेला परेपछि बैंकले ऋणी सुरेन्द्र श्रेष्ठलाई बैंकिङ कसूर गरेको अभियोगमा प्रहरीमा किटानी जाहेरी दिएको थियो। तर अनुसन्धान गर्दै जाँदा यो प्रकरण पुर्व सीईओ श्रेष्ठसम्म पुगेको हो।

अजय श्रेष्ठ बैंक अफ काठमाण्डूबाट ०७४ असार मसान्तदेखी बाहिरिएका हुन्। बिओंकेमा करिब दुई कार्यकाल काम गरेका श्रेष्ठले त्यसअघि २ बर्ष एनएमबि बैंकमा काम गरेका थिए। करिब ३२ बर्ष बैंकिंङ अनभव भएका श्रेष्ठले १५ बर्ष स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरेका थिए। उनलाई बैंकिंङ क्षेत्रमा इमान्दार बैंकरको रुपमा चिनिन्छ।

प्रहरीले प्रतिवेदन बुझाए संगै अब सरकारी वैकिलको कार्यालयबाट बाँकि र्पर्किया सुरु हुने छ । अब कार्यालयलाई अनुसन्धान चित्त बुझेमा र प्रहरीले बुझाएको प्रतिवेदनमा  यथेष्ट प्रमाण देखेमा अदालतमा मुद्दा दायर गर्ने छ ।

यदि कार्यालयलाई प्रमाण यथेष्ट नलागेमा मुद्दा नचलाउन पनि सक्छ । साथै कार्यालयले थप अनुसन्धान गरी थप प्रमाण समेत जुटाउन निर्देशन दिन सक्छ । कार्यालयले मुद्दा दायर गरेमा अदालतले आरोपीरुको बयान लिने छ ।  बयानपछि थुनछेक बहस हुने छ। बहसपछि अदालतले साधारण तारेख रिहा गर्ने, धरौटीमा रिहा गर्ने वा पुर्पक्षको लागि थुनामा पठाउने मध्ये एउटा आदेश दिन्छ ।

यी हुन् पक्राउ परेकाहरु : 


यी हुन् फरार रहेकाहरु : 



यो पनि : 

पक्राउ परेका पुर्व सिइओ श्रेष्ठबारे बैंकर्स संघको यस्तो निर्णय

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved