नेपाली बैंकबाट ५ अर्ब चोर्ने योजना: ११ पक्राउ, योजनाकार फरार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2019 | 01:01:05 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंकबाट ५ करोड रुपैयाँ चोरी भएको पुष्टि भएको छ। चोरी भएको रकम मध्ये ६० लाख निकालिएको महानगरीय प्रहरी अपराध शाखाले जनाएको छ। 

चोरी भएको ४ करोड ७३ लाख रुपैयाँ कृषि विकास बैंकका बिभिन्न ११ वटा खातामा ट्रान्सफर भएको देखिएको छ। त्यस्तै कैलाश विकास बैंकको खातामा मात्रै १९ लाख ट्रान्सफर गरिएको पाइएको अपराध महाशाखाले जनाएको छ।

प्रहरी अपराध महाशाखाकाअनुसार उनीहरुले कैलाश विकास बैंकको शाखा तथा कृषि विकास बैंकको लहान, धनगढी र भजनी शाखाबाट ६० लाख रुपैयाँ निकालिएको छ भने ६० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ।  

मुख्य योजनाकार भारतमा रहेको अनुसन्धानले देखाएको छ। नेपालमा पक्राउ परेका ११ जना भारतमा रहेका योजनकारको 'भरिया' मात्रै रहेको पाइएको छ। उनीहरुले कमिशन बापत १० देखि ३५ प्रतिशत पाउने गरेको अनुसन्धानले देखाएको छ। 

बैंकका कार्यवाहक उपमहाप्रबन्धक दीर्घवहादुर अर्यालले ट्रान्सफर गरिएको ४ करोड ७३ लाख मध्ये ५३ लाख निकालिएपनि बाँकी पैसा रोक्का राखिएको बताएका छन। 'बैंकको जुन शाखामा ट्रान्सफर गरिएको छ त्यहीं नै रोक्का रहेको छ, निकालिएको पैसा निक्षेपकर्ताको नभई बैंकको लहान शाखाको आम्दानी हो' अर्यालले भने। 

उनीहरु ५ अर्ब रुपैयाँ ह्याकिंङ गर्ने योजनाअनुसार कृषि विकास बैंकबाट रकम ट्रान्सफर गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। पैसा ट्रान्सफर भएका खाता कृषि विकास बैंकका ऋणीहरुको रहेको समेत अनुसन्धानमा खुल्न आएको छ।  

यसअघि:

कृषि विकास बैंकमा ह्याक नभई बदमासी , यसरि चोरियो २ करोड

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved