तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्र्ने प्रस्ताव पारित गरेको छ । बैंकको विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
साधारण सभाले प्राप्ती सम्झौता बमोजिम आवश्यक स्वीकृतीको लागि नियमनकारी निकायहरुमा निवेदन गर्न र प्राप्तीसंग सम्वन्धित प्रचलित कानून निर्देशन वमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पुर्ण आवश्यक कार्यहरु गर्न गराउन संचालक समितिलाई अख्तियारी दिएको छ ।
नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकलाई प्राप्ती गरेपश्चात तिनाउ मिसन डेभलपमेण्ट बैंकको चुक्ता पूंजी १ अर्व ६७ करोड ५८ लाख, निक्षेप१४ अर्व ५० करोड, कर्जा लगानी १२ अर्व ३३ करोड र ६२ वटा शाखा पुग्नेछन् ।