मेगा र गण्डकीबीच प्राप्ति सम्झौता, स्वाप र कर्मचारी समायोजनमा यस्तो सहमति !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2019 | 05:23:15 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ। आज असोज ८ गते मेगाले गण्डकीलाई प्राप्ति गर्ने समझदारी भएको बैंक स्रोतले बिजपाटीलाई जानकारी दिएको छ। 

प्रदेश ४ मा आफ्नो राम्रै उपस्तिथी जनाउदै आएको राष्ट्रिय स्तरको गण्डकी विकास बैंकलाई प्राप्ति पछि मेगा बैंक चुक्तापुंजीको हिसाबले दोस्रो ठुलो वाणिज्य बैंक बन्ने भएको छ। हाल मेगाको चुक्ता पुंजी १० अर्ब ३८ करोड छ भने गण्डकी विकास बैंकको २ अर्ब ७५ करोड छ।

मेगाले डीडीए प्रतिबेदनअनुसार नै गण्डकी विकासलाई प्राप्ति गर्ने भएको छ। यद्दपी गण्डकीले हाल कायम चुक्तापुंजी २ अर्ब ७५ करोडको १५ प्रतिशत लाभांश दिएपछि कायम हुने चुक्तापुंजीको १ बराबर १ को स्वाप अनुपातमा मेगाले प्राप्ति गर्न लागेको बजार चर्चा छ।

त्यस्तै प्राप्ति पछि संचालक तथा सीईओ पनि मेगाकै मात्रै रहने गरि सहमति भएको बताइएको छ। यता गण्डकी विकास बैंकको सीईओको के हुने भन्ने अहिले यकिन नभएपनि अन्य कर्मचारीको समायोजन भने संयुक्त मर्जर कमिटिले दिएको प्रतिबेदन अनुसार नै निर्धारण हुने बताइएको छ।   

पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको गण्डकी विकासले पछिल्लो ५ बर्षसम्म लगातार २० प्रतिशत माथिको लाभांश दिंदै आएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved