गण्डकीलाई गाभ्न लागेको मेगा बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 09:24:49 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited को लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष ७५/७६ सम्मको मुनाफाबाट र वितरणयोग्य अन्य कोषबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको छ 

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ११.७५ प्रतिशत हुन् आउने नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकले ११.७५ प्रतिशतले हुन् आउने १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैयाँ ८१ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको आगामी साधारणसभाले  पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ४८ करोड रहेको छ । 

बैंकले बुधबार मात्र  २ अर्ब ७५ करोड पुँजी भएको गण्डकी विकास बैंकलाई गाभ्ने सम्झौता गरेको छ।  




यो पनि : 

मेगा र गण्डकीबीच प्राप्ति सम्झौता, स्वाप र कर्मचारी समायोजनमा यस्तो सहमति !


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved