नेपाल खुला विश्वविद्यालयको शुल्क अनलाइनबाटै तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 03:24:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल खुला विश्वविद्यालयको सम्पूर्ण शुल्कहरु अनलाइनबाट नै तिर्न सकिने भएको छ । ग्लोबल आइएमई बैंक Global IME Bank Limited  र नेपाल खुला विश्वविद्यालयबीच शुल्क सङ्कलनसम्बन्धी सम्झौता भएसंगै अनलाइन भुक्तानी सम्भव भएको हो  । 

सम्झौतामा विश्वविद्यालयको तर्फबाट कुल सचिब कमल ढकाल र बैंकको तर्फबाट बैंकका कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकमा खाता खोलिसकेपछि नेपाल खुला विश्वविद्यालयका विद्यार्थीहरुले बैंकको मोबाइल एप्लीकेशन तथा अनलाइन बैंकिङ्गमार्फत शुल्क तिर्न सक्नेछन् ।

बैंकले १४५ शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १८८ शाखा रहित बैंकिङ्ग सेवा, १४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । 

यो पनि : 

घरबाटै उच्च शिक्षाको सुविधाले खुला विश्वविद्यालयमा बढ्दो आकर्षण, १ बर्ष मै डिप्लोमा कोर्स


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved