बैंक अफ काठमान्डूका पुर्व सीईओलाई 'फसाउने' मुल्यांकनकर्ता पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 03:43:47 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमान्डू प्रकरणमा फरार मुल्यांकनकर्ता भेषराज खत्री पक्राउ परेका छन। एभरेष्ट इन्जियरिंङ कन्सल्टेन्सी बिराटनगरका तत्कालिन मुल्यांकनकर्ता खत्रीलाई आज पक्राउ गरि ललितपुर उच्च अदालतलाई बुझाइएको केन्द्रिय अनुसन्धान ब्युरो महाराजगंज काठमाण्डौले जनाएको छ।

मुल्यांकनकर्ता खत्रीलाई एक ठाउँको जग्गा भनि अन्य ठाउँको देखाएर धितो बन्दक देखाएर बैंकलाई नोक्सानी पुर्याएको आरोपमा पक्राउ गरिएको हो। उनले झापाको कित्ता नम्बर ३५९६ र ३५७१ को ४ कठ्ठा १० धुर जग्गा झुक्काइ झुठा विवरण पेश गर्दा बैंकलाइ नोक्सानी पुगेको अनुसन्धानले देखाएको छ। 

मुल्यांकनकर्ता खत्रीले ऋणी स्वर्णिम एण्ड सृजन कम्पनी प्रालिका संस्थापक एवं संचालक सुरेन्द्र श्रेष्ठलाई ऋण दिलाउन यस्तो अपराध गरेको आरोपमा पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्युरो महाराजगंजका प्रवक्ता तथा प्रहरी उपरीक्षक वेल प्रसाद पाण्डेले जानकारी दिएका छन।  

बैंकका कमलपोखरी शाखा प्रमुख प्रतिक श्रेष्ठले दिएको जाहेरीका आधारमा स्वर्णिम एण्ड सृजन कम्पनी प्रालिका संस्थापक एवं संचालक समेत रहेका ऋणी सुरेन्द्र श्रेष्ठ लगायत अन्य व्यक्तिहरु यसअघि नै पक्राउ परेका छन।  

सुरेन्द्र श्रेष्ठले सन् २०१५ मा लिएको ५ करोड कर्जाको सावाँ र ब्याज नतिरेको र उक्त कर्जाको धितो राखेको जग्गा पनि नक्कली भएको जानकारी भएपछि बैंकले जालसाँझि भएको भन्दै बिओकेका पुर्व सीईओ अजय श्रेष्ठ सहित पुर्व र बहालवाल कर्मचारी पक्राउ गरि सरकारी वकिललाई यसअघि नै बुझाई सकेको छ। 

 


   



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved