२ वटा बाणिज्य बैंकको साधारणसभा आज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2019 | 06:09:28 AM मा प्रकाशित

laxmi  sunrise bank

आज असोज १० गते शुक्रबार २ वटा बाणिज्य बैंकले साधारणसभा डाकेका छन् । दशैँ अगाडी नै नगद लाभांश गर्ने गरी एन आई सी एसिया बैंक र सिटिजन्स बैंकले साधारणसभा गर्न लागेका हुन्। 

एनआइसी एसिया बैंक 

एनआईसी एसिया बैंक NIC Asia Bank Limited ले  शुक्रबार बिहान ९ बजे आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको हो  । सभामा लाभांश सहितका विभिन्न १० प्रस्ताव पेश हुने छ । बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनिहरुलाई २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।  बैंकले दिने लाभांश मध्ये १० प्रतिशत बोनस सेयर र बाँकी बोनस सेयरमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश रहेको छ। 

प्रस्तावित लाभांश बितानपछि बैंकको चुक्ता पुंजी ९ अर्ब ७१ करोड ७६ लाख पुग्ने छ । 

सभा प्रयोजनको लागि बैंकले भदौ २९ गते देखि असोज १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् सभामा पेश हुने एजेण्डाहरु : 



सिटिजन्स बैंक 

सिटिजन्स बैंक Citizens Bank International Limited ले शुक्रबार बिहान ९ बजे डिल्लीबजार स्थिति अमृत भोग पार्टी प्यालेसमा सभा आह्वान गरेको हो । सभामा लाभांश पारित गर्ने प्रस्ताव सहित ९ वटा प्रस्ताव पेश हुदै छ। 

बैंकको भदौ ९ गते बसेको संचालक समितिको बैठकले दशैंअघि नै एक अर्ब रुपैयाँ बराबरको नगद बाड्ने गरि गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । बैंकले १५ प्रतिशत लाभांश मध्ये १२ प्रतिशत नगद तथा ३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो। बैकले गत आर्थिक बर्ष १ अर्ब ४८ करोड मुनाफा आर्जन गरेको थियो।

सभा प्रयोजनको लागि बैंकले भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। भदौ ३० गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्ने छन् ।

यस्ता छन सभाका एजेण्डा : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved