पुर्व सीईओ नै सिटिजन बैंकका 'मालिक'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2019 | 01:16:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited को संचालक समितिको अध्यक्षमा राजन सिंह भण्डारी मनोनित भएका छन्  । बैंकको साधारण सभापछि बसेको संचालक समितिको बैठकले भण्डारीलाई अध्यक्षको रुपमा मनोनयन गरेको हो । साधारणसभाले राजन सिंह भण्डारी, प्रवल जंग पाण्डे र सजन शर्मालाई संचालकमा  निर्विरोध निर्वाचित गरेको थियो ।

भण्डारी बैंक कै पुर्व प्रमुख कार्यकारी अधिकृत हुन् । दुई कार्यकाल पुरा भएपछि उनी सीइओबाट बाहिरिएका थिए ।  सीइओबाट बाहिरिएका उनी अध्यक्षको रुपमा पुन: बैंक इन्ट्री गरेका हुन् । 

साधारणसभाले आ.व. २०७५÷७६ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ । त्यस्तै सभाले बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७६ आषाढ मसान्तको वासलात, आ.व. २०७५÷७६ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ ।

त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०७५÷७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रकम १ अर्ब ४५ लाख २७ हजार ७ सय ७३ रुपैयाँ नगद लाभांश र ३ प्रतिशतले हुने रकम २५ करोड ११ लाख ३९ हजार ९ सय ४३ रुपैयाँ बराबरको  बोनस शेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved