एनआईसी एशियाको लाभांश पारित, आजैबाट नगद पठाउन सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2019 | 03:01:40 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले लाभांश प्रस्ताव पारित गरेको छ । बैंकको साधारणसभाले चुक्ता पूँजीको २१.०५२६ प्रतिशतका दरले १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६२१ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । जसमध्ये १० प्रतिशतका दरले हुन आउने ८८ करोड ३४ लाख २२ हजार ८७० बोनस शेयर र ११.०५२६ प्रतिशत हुन आउने ९७ करोड ६४ लाख १४ हजार ७५१ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

साधारण सभाले बैंकको पूँजी वृद्धिको प्रस्ताव पारित पनि गरेको छ । यसबाट बैंकको चुक्ता पूँजी ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५६८ पुगेको छ ।

बैंकले हाल ३०१ शाखा, ३६२ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved