ग्लोबल आइएमईले ल्यायो एनआरएन लक्षित ४ नयाँ खाता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2019 | 07:01:57 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले गैर आवासीय नेपाली लक्षित चार नयाँ खाता संचालनमा ल्याएको छ। बैंकले एनआरएन एफसीवाई मुद्दती निक्षेप खाता, ग्लोबल एनआरएन एफसीवाई मुद्दती निक्षेप खाता, ग्लोबल एनआरएन एफसीवाई बचत खाता र ग्लोबल एनआरएन एफसीवाई गरि चार नयाँ खाता संचालनमा ल्याएको हो। 

अमेरिकी डलरमा खोल्न सकिने एनआरएन एफसीवाई बचत खातामा तथा मुद्दती निक्षेप बार्षिक ४ प्रतिशतसम्म ब्याज प्रदान गरिने बैंकले जनाएको छ।  त्यस्तै नेपाली मुद्राको एनआरएन एलसीवाई  मुद्दति निक्षेपमा ९.२५ प्रतिशतसम्म तथा बचत खातामा वार्षिक ६ प्रतिशतसम्म ब्याज तोकिएको छ। 

उक्त खाता सञ्चालकहरुलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिंदा लाग्ने वार्षिक शुल्कमा ५० प्रतिशत छुट दिईने बैंकले जनाएको छ। साथै खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान हुनेछ।

अनलाइनबाट पनि खोल्न मिल्ने उक्त खाता सञ्चालकहरुलाई विदेशी मुद्रा सटहीमा पनि विशेष प्रिमियम प्रदान गरिने बैंकले जनाएको छ।एफसीवाई मुद्दति खाताहरु दुई वर्षदेखि तीन वर्षसम्मको अवधिको हुनेछ भने यसमा न्यूनतम् मौज्दात १०,००० अमेरिकी डलर रहेको छ। 

हाल बैंकले आफ्ना १४५ शाखा, ३० वटा एक्टेन्सन तथा राजश्व संकलन काउण्टर, १८५ शाखा रहित बैंकिङ्ग सेवा, १४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved