गभर्नरले सम्झे अमेरिका र कोरिया, मर्जरको लागि पार्टनर खोज्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2019 | 11:16:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिन्जीवी नेपालले बैंक वित्तीय संस्थामा पछिल्लो पटक देखिएको समस्याको समाधान मर्जर भएको बताएका छन। नेपाल लघुवित्त बैंकर्स संघको १३ औं बार्षिक साधारणसभामा बोल्दै गभर्नर नेपालले मर्जर नै अहिलेको उचित विकल्प भएको बताए। 

'ब्याजदर घटायो निक्षेपकर्ता रिसाउने, बढायो व्यवसायी रिसाउने' गभर्नर नेपालले भने, 'दक्षिण कोरियाका गभर्नरले कुनै बेला यस्तो भनेका थिए, अहिले नेपालमा ठिक त्यहि अवस्था आयो'। 

बैंकले पैसा अभाव भयो भन्दा पनि ब्यापार बढ्नु अर्थतन्त्रको लागि राम्रो भएको भन्दै गभर्नर नेपालले यसले आर्थिक वृद्धि भैरहेको बताए। अहिलेको समस्या पैसा मात्र नभई लगानी कत्तिको सुरक्षित छ भन्ने कुरा समेत समेत उनले बताए।  

कुनै पनि बैंक वित्तीय संस्थालाई हेरेर राष्ट्र बैंकले नीति नल्याउने दाबी गर्दै गभर्नर नेपालले भने, विश्वमा कहिँ पनि केन्द्रिय बैंकले ल्याएको नीति बैंक वित्तीय संस्थाले मन पर्यो भनेका छैनन् र भन्दैनन पनि, कसैलाई पनि नीति राम्रो लाग्दैन तर नियमनमा राख्न नीति ल्याउनुको विकल्प छैन। 

वित्तीय पहुँचमा लघुवित्तको योगदान 

त्यस्तै गभर्नर नेपालले नेपालको वित्तीय पहुँच ४० बाट बढेर ६१ प्रतिशत पुगेको भन्दै यसमा लघुवित्तको ठुलो योगदान भएको बताएका छन। गाउँगाउँमा पुगेर लघुवित्तले वित्तीय सेवा दिएकाले अर्थतन्त्र गाउँगाउँसम्म पुगेको गभर्नर नेपालको भनाई छ। 

लघुवित्तले राम्रो गर्दा गर्दै पनि पछिल्लो समय लघुवित्तबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले जोखिम बढेको गभर्नर नेपालले बताए। यस्तै जोखिम बढेकाले अमेरिकामा समेत ८ हजारबाट लघुवित्तको संख्या ४ हजारमा झरेको भन्दै अहिले लघुवित्तमा देखीएको समस्या समधानको लागि पनि लघुवित्तबीचको मर्जर आवश्यक रहेको उनले बताए।

उदार नीतिले बैंक वित्तीय संस्थालाई समय दिएको भन्दै अहिलेनै उचित पार्टर रोज्नलाई समेत उनले निर्देशन दिएका छन। पछि नीति मन परेन भन्न नपाइने भन्दै गभर्नर नेपालले अहिलेनै पार्टनर खोज्नलाई निर्देशन दिए।

प्रविधिमा खर्च घटाउन बैंकको मर्जर 

त्यस्तै गभर्नर नेपालले बैंकहरुमा प्रविधिको चुनौती थपिएकाले प्रविधिको खर्च घटाउनलाई पनि बैंकहरुबीच मर्जर आवश्यक रहेको बताएका छन। 'बिश्वभर प्रविधिमा लगानीको चुनौती थपिएको छ, केन्द्रिय बैंकमा यसले चिन्ता बढाएको छ' उनले भने, 'प्रविधिमा गरिएको लगानी चुनौती होइन फाइदा हो, तर एकै बैंकले धेरै लगानी गर्नु भन्दा धेरै मिलेर थोरै लगानी गर्दा पनि पुग्छ, मर्जरमा जानुहोस।' 

१० बर्षको नाफा एकैपटकमा जान सक्नेमा सचेत गराउदै गभर्नर नेपालले प्रविधिमा लगानी घटाउने उत्तम विकल्प नै मर्जर भएको स्पष्ट पारेका छन। उनले दुई बाणिज्य बैंकले मर्जरको लागि सहमति गरिसकेकाले अब अरु बैंकहरु पनि मर्जरमा जाने बिश्वास व्यक्त गरे।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved