सनराइज बैंक Sunrise Bank Limited ले १२औं वार्षिक उत्सवको अवसरमा बालमन्दिरमा सहयोग सामाग्री वितरण गरेको छ । राजधानीको गैरीधारास्थित बालमन्दिरका बालबालिकालाई बैंकले रासन सामाग्री तथा जाडो महिनाको लुगा गरेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको सहयोग गरेको हो ।
बैंककासंचालक समितिका ई. बच्छराज तातेड, दीपक नेपाल तथा शारदा शर्मा पुडासैनी, र बैंकका प्रमुखकार्यकारी अधिकृत जनकशर्मा पौड्यालले सहयोग सामग्री हस्तान्तरण गरे ।