ग्लोबल आईएमई बैंकको लाभांश घोषणा, बोनस कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2019 | 09:13:09 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंक Global IME Bank Limited  ले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। बैंकको असोज १४ गते बसेको ३२९ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट २५।५ प्रतिशत लाभांश दिने प्रस्ताब गरेको नेप्से मार्फत जनाइएको छ। 

प्रस्तावित लाभांश मध्ये १२.७५ प्रतिशत बोनस तथा १२.७५ प्रतिशत नगद लाभांश रहेको छ। उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको १३ औं बार्षिक साधारणसभाले पारित गरे पश्चात सेयरधनिहरुमा वितरण हुनेछ। 

ग्लोबल आईएमई र जनता बैंकबीच मर्जरको सहमति भईसकेको छ। जनता बैंकले समेत गत आर्थिक बर्षको कमाईबाट १२ प्रतिशत लाभांश (६ प्रतिशत बोनस) दिने घोषणा गरिसकेको छ।  

ग्लोबल आईएमई बैंकले गत आर्थिक बर्ष २ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गरेको थियो। यस मध्ये बैंकसंग २ अर्ब ४२ करोड वितरण योग्य मुनाफा थियो। बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड रुपैयाँ पुग्ने छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved