नेपाल बैकका नव नियुक्त सीइओले लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2019 | 11:26:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैक Nepal Bank Limited का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् । बैंकका संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले पद तथा गोपनीयताको शपथ गराएका हुन्। 

शपथ ग्रहण गर्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालकै अगुवा बैकमा प्रमुख कार्यकारी पदमा आफुलाई दिईएको विश्वासपूर्ण जिम्मेवारीप्रति हरदम इमान्दार रही गर्ने बताए । उनले सबैको विश्वासको धरोहरको रुपमा रहेको नेपाल बैकको श्रीवृध्दिका लागि नैतिकतापूर्ण एवं व्यवसायिक बैंकिंग अभ्यास आत्मसात गरी मन वचन र कर्मले समर्पित रहने प्रतिवध्दता प्रकट गरे  ।

 वि.सं. २०२७ मा लम्जुंग वेसीसहरको भकुण्डेमा माता शिरमाया अधिकारी र पिता स्व. चन्द्र बहादुरका ज्येष्ठ सुपुत्रको रुपमा जन्मेका  अधिकारीले त्रिविविबाट एमविए र पुर्वान्चल विश्वविद्यालयबाट ईएमविएको शैक्षिक योग्यता हासिल गरेका छन् । नेपाल बैकमा विसं २०६१ मा सेवा प्रवेश गरी विभिन्न महत्वपूर्ण जिम्मेवारी अनुभव संगाली विगत ६ महिना यता कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका अधिकारीलाई मिति ०७६।६।११ मा  बैक संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा छनोट गर्ने निर्णय गरेको थियो । यस पदमा १४ जना आकांक्षीहरुले आवेदन दिएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved