प्रभु बैंकको लाभांश घोषणा, बोनसमा लाग्ने कर बैंकले नै तिर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2019 | 09:40:11 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। बैंकको असोज १७ गते बसेको १६० औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको नेप्से मार्फत जनाइएको छ। 

बैंकले १ अर्ब ४२ करोड २८ लाख २७ हजार ९५३ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताब गरेको हो। हाल बैंकको चुक्तापुंजी ८ अर्ब ८९ करोड २६ लाख छ। 

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा वितरण हुनेछ। १६ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्तापुंजी १० अर्ब ३१ करोड पुग्नेछ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved