बिजपाटी सम्बाददाता     Oct 17, 2019 | 08:08:03 AM


ruslan

बैंक अफ काठमाण्डु Bank of Kathmandu Limited को साधारणसभा आज असोज ३० मा हुदै छ  ।  बैंकले  गैरीधारा स्थित एलिस रिसेप्सनमा साधारण सभा आह्वान गरेको हो । 

साधारणसभामा लाभांश सहितका विभिन्न ८ प्रस्ताव पेश हुने छन्  । बैंकको भदौ १५ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई कुल १७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।  बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर गरि कुल १७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

बैंकले साधारणसभा प्रयोजनको लागि असोज १६ गतेदेखि ३० गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  । असोज १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभंश पाउन सक्ने छन्  ।

यस्ता छन् बैंकले साधारणसभामा पेश गर्ने ८ प्रस्ताव : 




Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7