सिभिल बैंक Civil Bank Limited ले मोरङकोको विराटनगरस्थित पुष्पलाल चोकमा शाखा सञ्चालनमा ल्याएको छ । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले उक्त शाखाको उद्घाटन गरे ।
शाखा सञ्चालनकै दिन बैंकले महिला जागृति तथा वृद्धा आश्रमलाई २५ हजार रुपैयाँ सहयोग गरेको छ । उक्त रकमको चेक बैंकका प्रदेश नं १ का प्रमुख सन्तोष कुमार बुढाथोकीले हस्तान्तरण गरे ।
योसँगै बैंकको शाखा संख्या १०० र एटियम संख्या ६५ पुगेको छ ।