सुनमा फस्यो बैंकको लगानी, आम्दानी प्रभावित

विजय पराजुली

विजय पराजुली

Oct 18, 2019 | 03:11:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सुनको मुल्य उच्च भएर बजारमा माग घटेपछि बैंकहरुमा सुन थुप्रिएको छ । पछिल्लो तथ्याङक अनुसार बैंकहरुमा ५३८ किलो सुन स्टक रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौला बताले बताए । 

लगातार रुपमा सुनको मुल्यमा आएको उतारचढावले बजारमा सुनको मागमा भारी कटौति भएको र त्यसको परिणाम स्वरुप बैंकहरुमा सुन स्टक बस्न पुगेको हो । विगतका वर्षहरुमा चाडवाडको बेला तिजमा दैनिक ६० किलो माथि र दशै तिहारको बेलामा ५० केजीसम्म सुन विक्रि हुने गरेकोमा यो वर्ष सुनको कारोबार भारी मात्रामा घटेको नेपाल सुनचाँदी व्यवसायि संघका उपाध्यक्ष दियश शाक्य बताउँछन् ।

यो वर्ष तिजको बेलामा पनि दैनिक १५ किलो सुन विक्रि हुन मुस्कील परेको र दशैं तिहारको बेलामा समेत २० देखी २५ किलो पनि विक्रि हुन मुस्कील भएको उपाध्यक्ष शाक्य बताउँछन् । 

बैंकहरुमा के पर्छ प्रभाव ?

बैंकहरुले सुनमा लगानी गर्नुपर्ने र सुन स्टक बस्दा बैंकहरुको लगानीमा प्रभाव पर्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता निरौला बताउँछन् । विगत ४/५ महिनादेखि सुनको मुल्यमा भएको वृद्धिको कारण कारोबार सुस्ताउँदा बैंकहरुमा सुन स्टक बस्न पुगेको उनको भनाई छ । बैंकहरुले लगानी गर्नुपर्ने पैसा सुनको स्टकसँगै त्यसमा फस्दा बैंकहरुको आम्दानीमा समेत संकुचन हुने उनी बताउँछन् । 

सिभिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोख्रेल पनि सुनको मुल्यमा आएको उतारचढावको कारण सुन विक्रिमा कमी आएको बताउँछन् । जसले गर्दा बैंकहरुले सुनको खरिद विक्रिबाट आउने कमिसन घट्न पुगेको उनको भनाई छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved