वाणिज्य बैंकको मोबाइल बैंकिङ महामेलामा कसले के जिते ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2019 | 05:17:07 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकको भाद्र १८ देखि असोज ३० गते सम्म एफवान सफ्टको सहकार्यमा संचालन भएको RBB Mobile Banking महामेलाका विजयीलाई पुरस्कार प्रदान गरिएको छ । करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका पांच जना विजयीहरुलाई आईतबार एक समारोहका बिच पुरस्कार प्रदान गरिएको हो ।

सो समारोहमा कैलाश सुवालले थाइलैण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाएका छन् । सनम राई, ध्रुबकुमार शाही, प्रकाश बोहोरा, हिरा खनाल पोखरेल र सुजन पराजुलीले एक एक थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गरेका छन् । विजयीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्साल र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले पुरस्कार हस्तान्तरण गरे । 

बैंकले गत आ.व. २०७५÷०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved